Logo

जेठ १२ गतेभित्रमा दोस्रो चरणको निर्वाचन हुनुपर्छ : नेता नेपाल



काठमाडौँ, २१ वैशाख । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले दोस्रो चरणको निर्वाचन अझै अन्योल रहेको बताएका छन्।

नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाको नवनिर्वा्चित कार्यसमितिलाई पदभार हस्तातरण तथा पुराना कार्यसमितिलाई बिदाइ कार्यक्रममा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ नेता नेपालले निर्वाचनले सकारात्मक सन्देश दिए पनि अहिलेसम्म दोस्रो चरणको निर्वाचनबारे तयारी नगर्दा अन्योल रहेको बताएका हुन् ।

उनले पहिलो चरणको निर्वाचन र दोस्रो चरणको निर्वाचनबीच एक महिना लामो समय राख्न नहुने भन्दै जेठ १२ गतेभित्रमा दोस्रो चरणको निर्वाचन हुनुपर्ने विचार व्यक्त गरे ।

जेठ १५ गते बजेट आएपछि निर्वाचन हुने आफूहरुलाई मान्य नहुने उनको भनाइ थियो । उनले मधेसी मोर्चाको एक घटक सङ्घीय समाजवादी फोरम निर्वाचनमा आएकामा खुशी लागेको भन्दै लोकतन्त्रप्रति फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रतिबद्धता देखिएको बताए ।

पूर्वप्रधानमन्त्री नेपालले लोकतन्त्र, राष्ट्रियता, विकास र सामाजिक रुपान्तरमा मुद्दा एक भएका दलसँग हालेमालो गरी अगाडि बढ्नका लागि ताममेल गरेको बताए ।

कार्यक्रममा पत्रकार महासङ्घका केन्द्रीय सचिव प्रभात चलाउनेले महासङ्घलाई पत्रकारको साझा संस्थाका रुपमा लैजानुपर्ने विचार व्यक्त गरे ।

निवर्तमान अध्यक्ष गोविन्द चौलागाईंले नवनिर्वा्चित अध्यक्ष शन्तराम बिडारीलाई पद हस्तान्तरण गरेका थिए । यही वैशाख १० गते भएको शाखाको १०औँ अधिवेशनबाट बिडारी अध्यक्षमा निर्वा्चित भएका थिए ।

तस्विर :मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्