Logo

सात सय बढी आरोही हिमालमा



काठमाडौँ, २१ वैशाख । अघिल्लो वर्ष झैँ यसवर्ष पनि हिमाल आरोहणमा उत्साहपूर्ण सहभागिता देखिएको छ । वसन्त ऋतु स्प्रिङको यो मौसममा सगरमाथासहितका हिमाल आरोहणका लागि ९९ समूह ९टोली० का ७४३ स्वदेशी तथा विदेशी आरोही गन्तव्य चुम्ने तर्खरमा छन् ।

यीमध्ये ४० वटा समूहका ३७३ जना सगरमाथा आरोहणका लागि गएका छन् । आरोहण अनुमति लिने क्रम अझै जारी रहेकाले आरोहणको अवधिसम्म यो सङ्ख्या बढ्ने पर्यटन विभागले जनाएको छ ।

पर्यटन विभागको विवरणअनुसार ९वैशाख २९ बाट सुरु भएको० २०७३ को वसन्त ऋतुमा नेपालसहित ३० देशका ४०० बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए । एघार दिनसम्म चलेको सगरमाथा आरोहणका लागि ३४ समूहको सहभागिता थियो ।

विभागका निर्देशक एवम् प्रवक्ता दुर्गादत्त ढकालले यो वर्ष पनि आरोहीको उत्साहजनक सहभागिता रहेकाले अघिल्लो मौसममा भन्दा आरोही बढ्ने बताउनुभयो ।

उहाँका अनुसार यो मौसममा सगरमाथा आरोहणका लागि गएका आरोही अहिले तेस्रो क्याम्पसम्म पुगिसकेका छन् । अबको दुईसातापछि उनीहरु मौसम अनुकूल पारेर सगरमाथाको चुचुरोमा पुग्नेछन् ।

त्यस्तै अन्नपूर्ण, मनास्लु, मकालुलगायत हिमालको आरोहणका लागि पनि समूह–समूहमा आरोही गएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्