Logo

महाअभियोग प्रस्ताव फिर्ता नलिए सदन चल्न नदिने एमालेसहित ११ दलको निर्णय



काठमाडौं, २१ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका ११ दलले प्रधानन्याधिश सुशिला कार्कीविरुद्ध सत्तारुढ दल काँग्रेस–माओवादी केन्द्रले दर्ता गराएको महाअभियोग प्रस्ताव फिर्ता लिनको आग्रह गरेका छन् ।

उनीहरुले उक्त प्रस्ताव फिर्ता नलिए संसद अवरुद्ध गर्ने निर्णयसहितको संयुक्त विज्ञप्ती जारी गरेका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेकपा मालेका महासचिव सिपी मैनालीले भने,‘सत्तारुढ दलले प्रधानन्यायाधिश कार्कीविरुद्ध ल्याएको महाअभियोग असंवैधानिक, अलोकतान्त्रिक र विधि र प्रक्रियाको विरुद्धमा छ, त्यसैले हामीले यो प्रस्ताव फिर्ताको लागि आग्रह गरेका छौं, प्रस्ताव फिर्ता नलिए हामी संसद अवरुद्ध गर्छौं ।’

एमालेसहित उक्त ११ दलीय मोर्चामा पूरानो ९ दलीय गठबन्धन, राप्रपा, नेपाल लोकतान्त्रिक फोरम र संघीय समाजवादी फोरम नेपाल थपिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम