Logo

एमालेले बुझायो निर्वाचन आयोगलाई ध्यानाकार्षणपत्र



काठमाडौँ, २१ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जेठ १५ अगाडि नै दोस्रो चरणको निर्वाचन गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ।

एमाले महासचिव ईश्वर पोखरेलको नेतृत्वमा गएको टोलीले आयोगलाई बिहीबार यो पत्र बुझाएको हो। चार बुँदे पत्रमा पहिलो चरणको निर्वाचनको मतपरिणामा सार्वजनिक गरेर मात्रै दोस्रो चरणको निर्वाचनमा जानु उपयुक्त नहुने र एक महिनासम्म मतपेटिक राख्न पनि नमिल्ने भन्दै दोस्रो चरणको निर्वाचनका लागि जेठ ३१ उपयुक्त नहुने उल्लेख छ।

जेठ १५मा बजेट ल्याउनु पर्ने संवैधानिक बाध्यता रहेकाले यसअघि नै मतदान हुनुपर्नेमा एमालेको जोड छ। चुनावका नाममा बजेट सार्ने वा बजेट पछि मतदान गर्ने दुवै विकल्प उपयुक्त नभएको उक्त पत्रमा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस्