Logo

संसद्‍‍ बैठक भोलि बिहान १० बजे सम्मका लागि स्थगित्



काठमाडौँ, २१ वैशाख । व्यवस्थापिका संसद्‍‍को आजको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ।  आज अपरान्ह तीन बजे बोलाइएको बैठक भोलि बिहान १० सम्मका लागि स्थागित गरिएको संसद् सचिवालयले जनाएको छ।

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्ताव टेबल गर्ने आजको बैठकको कार्यसूची थियो।

यसअघि आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भएको छलफलमा महाअभियोग प्रस्ताव पारित गर्न प्रधानमन्त्रीले आग्रह गरेपनि ओलीले त्यसलाई अस्वीकार गरेका थिए।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्