Logo

देउवालाई सिटौलाको चेतावनी,‘माओवादीसँग तालमेल गर्ने निर्णय नसच्चिए, राम्रो हुँदैन्’



काठमाडौं, २१ बैशाख । यही बैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको लागि उम्मेद्धवारी दिने काम भैसकेको छ। प्रमुख दलका उम्मेद्धवारहरु यतिवेला चुनावी प्रचारप्रसारमा जुटेका छन् । प्रमुख दलहरुवीच केन्द्रबाट नै तालमेल गर्ने समेतका निर्णयहरु भएका छन् ।

स्थानीय तह अन्र्तगर्त नगर तथा वडा प्रमुखमा तालमेल हुनु नौलो कुरा होईन । तर महानरपालिका तथा उपमहानगरपालिकामा समेत ठूला दलहरुवीच चुनावी तालमेल भैरहेका छन् ।

प्रमुख दल नेपाली काँग्रेसले पनि पहिलो चरणको निर्वाचनको लागि तालमेलको नीति अख्तियारी गरेको छ । पहिलो चरण अन्र्तगर्त २८३ केन्द्रमा हुने निर्वाचनको लागि काँग्रेसभित्रै शीर्ष नेताहरुवीच भागबण्डाका आधारमा टिकट वितरण भएको थियो ।

पार्टी सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र र अर्का नेता कृष्ण सिटौलाबीच भागबण्डाका आधारमा टिकट वितरण भए ।

भागबण्डा अनुसार ४ महानगरपालिकामध्ये देउवाले दुई वटा पाए । देउवाले पोखरा र ललितपुर महानगरपालिकामा आफू निकटलाई उम्मेद्धवारी बनाए । त्यस्तै पार्टी सभापति देउवा र बरिष्ठ नेता पौडेलवीचको विवादले सिटौला पक्षधरले भरतपुर महानगरपालिकामा आफू निकट दिनेश कोइरालालाई मेयरमा उठायो ।

काठमाडौंमा पौडेल पक्षधरका प्रकाशमानसिंहले राजुराजा जोशीलाई मेयरमा उम्मेद्धवार बनायो । हुन त सुरुवातमा चार महानगरमा दुई वटा आफू राख्ने र दुई ओटामा माओवादीलाई दिनेगरि तालमेल गर्ने निर्णय भएको थियो।

सुरुमा ललितपुर र चितवन माओवादीलाई दिने र काठमाडौं र पोखरा काँग्रेसलाइ दिने भनेर सहमतिका प्रयास भएका थिए। तर अन्तिममा आएर भरतपुर महानगरपालिका र पोखरामामात्रै तालमेल भयो । पोखरामा माओवादीले काँग्रेसलाई सघाउने र भरतपुरमा काँग्रेसले माओवादीलाई सघाउने दुवै पार्टीवीच केन्द्रिय तहमा सहमति भयो । काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डवीच दुइ महानगरपालिकामा तालमेल गर्ने सहमति भएको हो ।

तालमेल गर्ने भनेर दुवै पार्टी केन्द्रिय समितिले निर्णय गरेपनि जिल्लामा काँग्रेसभित्र यो निर्णयको विरुद्धमा विरोध प्रर्दशन भैरहेको छ । भरतपुर महानगरपालिकामा काँग्रेसबाट उम्मेद्धवार बनेका दिनेश कोईरालाले यसबारेमा आफ्ना गुटका नेता कृष्ण प्रसाद सिटौलासँग केन्द्रको निर्णय के हो भनेर प्रश्न गरेका थिए ? तर सिटौलाले तालमेल पार्टी सभापति देउवाले एकलौटी ढंगले गरेकोले आफ्नो चुतावनी प्रसारमा जुट्न कोइरालालाई आग्रह गरेका थिए ।

सिटौलाको यस्तो निर्देशन आएपछि उनले अहिलेसम्म आफ्नो उम्मेद्धवारी फर्ता नलिईकन चुनावी प्रचारप्रसारलाई झनै तिव्रता दिएका छन् ।
बरु उल्टै चितवन जिल्ला कार्यसमितिले निर्णय गरेर पार्टी सभापति देउवाको पुत्ला जलाउने, ¥याली गर्ने, र निर्वाचनको तयारकिो लागि सशक्त भएर भोट माँग्ने निर्णय गरेको छ ।

स्रोतका अनुसार यही बिचमा सिटौलालले फोन गरेर देउवालाई भने,‘अब पार्टी एकलौटी गर्नुभयो, कसको आदेशमा एकलौटी निर्णय गरेको हो, दिनेश कोईराला चुनाव लड्छ, तपाईले जे निर्णय गरेपनि पालना हुँदैन, निर्णय फिर्ता लिनुहोस् ।’

त्यतिमात्र नभएर उनले पार्टी कब्जा नगर्न समेत देउवालाई चेतावनी दिए । टिकट पाएकोलाई चुनाव लड्न दिन उनले देउवासमक्ष आग्रह गरेको स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्