Logo

पोखराको मेयर पदबाट माओवादीको उम्मेदवारी फिर्ता



पोखरा, वैशाख २१ । पोखरा लेखनाथ महानगरपालिकाको मेयर पदबाट माओवादी केन्द्रले उम्मेदवारी फिर्ता लिएको छ । कांग्रेससँग तालमेल गर्ने सहमतिपछि माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले उम्मेदवारी फिर्ता लिएका हुन् ।

पार्टीकै निर्देशनअनुसार उम्मेदवारी दिएको र पार्टीकै निर्देशनअनुसार उम्मेदवारी फिर्ता लिएको लामिछानेले बताए ।पोखराको मेयर पदमा माओवादीका लामिछाने र उपमेयरमा गोमा ढकालले उम्मेदवारी दिएका थिए । ढकालको उम्मेदवारी भने फिर्ता भएको छैन ।

पोखराको मेयर पदका लागि कांग्रेसका रामजी कुँवर र एमालेका मानबहादुर जीसीले उम्मेदवारी दिएका छन्



प्रतिक्रिया दिनुहोस्