Logo

गृहमन्त्रालयमा फर्किएलगत्तै एमालेविरुद्ध निधिको हमला



जनकपुरधाम, २१ वैशाख । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले नेकपा (एमाले)का कारण राजनीतिक एजेण्डाको समाधानको प्रयासले सार्थकता पाउन नसकेको आरोप लगाएका छन्।

नेपाली काँगे्रस क्षेत्रीय समिति–४ धनुषाद्वारा आज जनकपुरधाममा आयोजित विचार गोष्ठीमा उहाँले संविधान संशोधन र स्थानीय तहमा जनसङ्ख्याका आधारमा सङ्ख्याको वृद्धिको बाधक पनि एमाले बनेको आरोप लगाएका हुन् ।

उपप्रधानमन्त्री निधीले मधेसका मुद्धाको सम्बोधन गराई मधेसी जनतालाई अधिकारको प्रत्याभूति गराउने सवालमा सरकार गम्भीर रहेको उल्लेख गर्दै मधेस र मधेसी जनताप्रति संशय र आशङ्का गर्नेहरूसङ्ग सजग रहनु जरूरी रहेको बताए ।

हिमाल, पहाड र तराई–मधेसमा बसोबास गर्ने सबै जनता नेपाली हुन् भन्ने राष्ट्रिय एकतामा जोड दिनु आवश्यक भएको बताउँदै उनले सङ्घीयताले राष्ट्र विखण्डन नभई प्रादेशिक सीमामा परिवर्तन हुने भएकाले यस बारेमा भइरहेको दुष्प्रचारप्रति गम्भीर हुन आग्रह गरे । निधिले गणतन्त्र, सङ्घीयता, समावेशीता र मिश्रित निर्वाचन प्रणालीलाई सबल बनाउनुपर्नेमा पनि जोड दिए ।



प्रतिक्रिया दिनुहोस्