Logo

पूर्व अमेरिकी राष्ट्रपतिको म्याक्रोँलाई समर्थन



पेरिस (फ्रान्स), २१ वैशाख । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा इमानुयल म्याक्रोँलाई समर्थन जनाउनुभएको बिहीबार म्याक्रोँको निर्वाचन अभियान समूहले जनाएको छ ।

ओबामाले फ्रान्सका राष्ट्रपतिमा मध्यपन्थी दावेदार म्याक्रोँलाई उहाँका स्वतन्त्रतासम्बन्धी मान्यताको प्रशंसा गर्दै म्याक्रोँको ब्लगमा एउटा भिडियो सम्प्रेषण गर्नुभएको छ । भिडियो बिहीबार मात्रै पठाइएको हो ।

पूर्व अमेरिकी राष्ट्रपति ओबामाले पठाएको भिडियो सन्देशमा म्याक्रोँ उहाँका स्वतन्त्रतासम्बन्धी मूल्य र मान्यताका लागि प्रसिद्ध भएको साथै युरोपलगायत विश्वमा उहाँको भूमिका महत्वपूर्ण रहनु उहाँको नेतृत्वमा दूरदृष्टि हो भनिएको छ ।

सन्देशमा फ्रान्सका मतदातालाई यहाँका नागरिकको आशालाई नमार्न र असल उम्मेदवारको पक्षमा उभिन अनुरोध गरिएको छ । रासस÷एएफपी



प्रतिक्रिया दिनुहोस्