Logo

फिफा वरियतामा नेपाल तीन स्थान तल झर्यो



काठमाडौं, वैशाख २१ ।  फिफा वरियतामा नेपाल तीन स्थान तल झरेको छ । विश्व फुटबल महासंघ फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल तीन स्थान तल झरेर १ सय ७३ औँ स्थानमा पुगेको छ ।

यसअघि नेपाल १ सय ७० औँ स्थानमा थियो । दक्षिण एसियाली फुटबलमा भारत शीर्ष स्थानमा छ । नयाँ वरियतामा एक स्थान सुधार गरेको भारत १०० औँ स्थानमा छ । त्यसैगरी माल्दिभ्स एक स्थान तल झर्दै १ सय ५२ औँ, अफगानिस्तान १ सय ५४ औँ स्थानमा, भुटान १ सय ६४ औँ र बङ्गलादेश १ सय ९३ औँ स्थानमा छ ।

यस्तै श्रीलंका १ सय ९७ औँ र पाकस्तिान २ सय १ औँ स्थानमा छन् । विश्व वरियतामा ब्राजिल शीर्ष स्थानमा छ । अर्जेन्टिना दोश्रो र जर्मनी तेस्रो स्थानमा छन् । वरियतामा सबैभन्दा राम्रो सुधार साउथ सुडानले गरेको छ । साउथ सुडान ८ स्थान माथि चढ्दै १ सय ४६ औँ स्थानमा पुगेको छ ।
यी हुन् उत्कृष्ट १५ देश  : ब्राजिल, अर्जेन्टिना, जर्मनी, चिली, कोलम्बिया, फ्रान्स, बेल्जियम, पोर्चुगल, स्वीट्जरल्याण्ड, स्पेन, पोल्याण्ड, इटाली, वेल्स, इंग्ल्याण्ड
उरुग्वे छन्



प्रतिक्रिया दिनुहोस्

Screenshot