Logo

एकदिनमै फिर्ता भएपछि कांग्रेसका मेयरका उम्मेदवारका विलानौ



काठमाडौं २२ बैशाख । भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार दिनेश कोइरालाले पार्टीले अन्याय गरेको आरोप लगाएका छन् । पार्टी केन्द्रिय कार्यालयले माओवादीसंग चुनावी तालमेल गरेर मेयरबाट उनको उम्मेद्वारी फिर्ता गराएसंगै उनले यस्तो बताएका हुन् ।

‘मैले उम्मेद्वारी फिर्ता लिएको होइन, उम्मेद्वारीमा पार्टीले हस्तक्षेप गरेको हो,’ उनले भने, ‘चुनाव जित्ने निश्चित हुँदा समेत पार्टीले मलाई अन्याय गर्‍यो ।’

उनी निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी फिर्ता लिन गएका थिएनन् । पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षरसहितको उम्मेदवारी फिर्ताकालागि निर्वाचन आयोगबाट फ्याक्स मार्फत पत्र आएपछि निर्वाचन अधिकृतको कार्यालयले उनको नाम हटाएको जनाएको छ ।

अब उनले चुनाव प्रचार प्रसार गर्न पाउने छैनन । मतपत्र पहिला नै आएकाले चुनाव चिन्ह भने हट्ने छैन । प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई मेयरमा सहयोग गर्न कोइरालाको उम्मेदवारी जबरजस्ती केन्द्रिय कार्यालयले फिर्ता लिएको हो ।

कोइराला कृष्ण सिटौला निकटका मानिन्छन् । माओवादीबाट उपमेयर बनेका सुरेन्द्र गुरुङको नाम समेत फिर्ता भएको छ । उपमेयरमा माओवादीले कांग्रेसकी उम्मेद्वार पार्वती शाहलाई सहयोग गर्ने सहमति गरेको हो ।



प्रतिक्रिया दिनुहोस्