Logo

उमेद्वारलाई आज चुनाव चिन्ह दिइने



काठमाडौं २२ बैशाख ।  निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेदवारलाई आज चुनाव चिह्न दिंदैछ । पहिलो चरणको निर्वाचन कार्यक्रम अनुसार आज बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले सीआइएनलाई जानकारी दिनुभयो । यस्तै बिहान १० देखि ११ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । आयोगले व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका उम्मेदवारलाई दलको नाममा कायम रहेको चुनाव चिह्न तथा अरु दलका उम्मेदवारलाई स्वतन्त्र चुनाव चिह्न प्रदान गर्ने छ ।



प्रतिक्रिया दिनुहोस्