Logo

रूखले किच्दा बालिकाको मृत्यु



जाजरकोट, २२ वैशाख । रूखले किचेर कुसे गाउँपालिका–४ की १२ वर्षीया रमिता शाहीको बिहीबार बेलुका मृत्यु भएको छ । उनकी दिदी १५ वर्षीया पशुपति गम्भीर घाइते भएकी छन् ।

कुसे गाउँपालिकाको बाटुलेबजार नजिकैको टोलखोलामा हावाहुरीले ढलेको रूखले किच्दा शाहीको मृत्यु भएको हो । मालटाकुरा माध्यमिक विद्यालय, तम्तीमा ७ कक्षा र १० कक्षामा अध्ययनरत दिदीबहिनी पुस्तक लिएर बाटुलेबजारबाट फर्कंदै गर्दा हावाहारीका कारण ढलेको रूखले उनीहरुलाई किचेको स्थानीयवासी खिमबहादुर सिंहले बताउनुभयो ।

घाइते पशुपतिको स्थानीय मेडिकलमा उपचार भइरहेको उहाँले बताउनुभयो । विद्यालयले उनीहरुलगायत अन्य बालबालिकालाई पुस्तक ढुवानी गर्न बाटुलेबजार पठाएको थियो । पुस्तक बोकेका अन्य बालबालिका अर्को बाटो हिँडेकाले घटनाबाट बच्न सफल भएको सिंहले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्