Logo

म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलको फाइनल पुग्ने सम्भावना



काठमाडौं, २२ वैशाख । इङ्लिस क्लव म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलको फाइनल पुग्ने सम्भावना बलियो पारेको छ ।

गएराति भएको सेमिफाइनल पहिलो लेगको खेलमा स्पेनको सेल्टा भिगोलाई १–० ले हराउँदै म्यानचेस्टर युनाईटेडले फाइनल प्रवेशको सम्भावना बलियो पारेको हो । स्पेनमा भएको खेलमा म्यानचेस्टर युनाईटेडलाई महत्वपूर्ण जित दिलाउन मार्कस रास्फोर्डले फ्रि किकमार्फत निर्णायक गोल गरे ।

दोस्रो लेगको खेल अर्को हप्ता म्यानचेस्टर युनाईटेडको मैदान ओल्ड ट्राफोर्डमा हुनेछ । युरोपियन क्लव फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगको अर्को सेमिफाइनलमा नेदरल्याण्ड्सको आयाक्स एम्स्टरडम र फ्रान्सको लियों भिड्दैछन् ।

पहिलो लेगमा आयाक्सले ४–१ को अग्रता लिएको छ । एजेन्सीको सहयोगमा

 



प्रतिक्रिया दिनुहोस्