Logo

प्रधानन्यायाधिश कार्कीविरुद्ध महाअभियोग प्रस्ताव संसदमा प्रबेश (फोटोफिचर)



काठमाडौं, २२ बैशाख । प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध ल्याईएको महाअभियोग प्रस्ताव आजको व्यवस्थापिका–संसदको बैठकमा प्रवेश भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीचमा महाअभियोगमाथि छलफलको समय तोकिएको छ । महाअभियोग प्रस्तावका प्रस्तावक एवम नेपाली काँग्रेसका सांसद मिन विश्वकर्माले १ बजे प्रस्तावको औचित्य र कारणबारे स्पष्ट पार्ने छन् ।

सभामुख ओनसरी घर्तीले अहिले १ बजेको बैठकमा छलफल हुने गरी प्रस्ताव पेश गरेकी हुन्। बैठक १ बजे फेरि बस्ने भएको छ। छलफल जेठ ४ गतेबाट हुने भएको छ । बैशाख ३१ गते स्थानीय तहको पहिलो चरणको निर्वाचन भएकोले निर्वाचन सकिएलगत्तै उक्त महाअभियोग प्रस्तावमाथि छलफल हुने भएको हो ।

सभामुख ओनसरी घर्तीमगरले आजै टिवट् गर्दै लेखेकी छिन्,‘दलीय सहमतिकाे प्रयास सफल नभएपछि नियमावलीकाे बाध्यात्मक प्रवधान अनुसार संसद चलांए। सहमतिको प्रयास जारी रहन्छ।’

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्