Logo

चार वर्षपछि बन्ने भो झोलुङ्गे पुल



नवलपरासी, २२ वैशाख । चार वर्षदेखि अलपत्र परेको नवलपरासीको त्रिवेणी धामदेखि वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुलको निर्माण आयोजना पुनः सुरु हुने भएको छ ।

राष्ट्रिय निकुञ्ज विभागको सहमतिपश्चात् पुन काम सुरु गर्न लागिएको नवलपरासीका स्थानीय विकास अधिकारी युवराज कटेृलले जानकारी दिनुभयो । स्थानीय विकास मन्त्रालयको करिब रु नौ करोड लागतमा दुईसय ७० मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न हुनेछ ।

यसअघि चितवन राष्ट्रिय निकुन्जले सहमति नदिँदा काम अलपत्र परेको थियो । तर अब राष्ट्रिय निकुञ्ज विभाग र राष्ट्रिय निकुञ्जले सहमति दिएपछि अलपत्र परेको झेलुङ्गे पुलको निर्माण आयोजनाको काम पुनः सुरु गर्न लागिएको स्थानीय विकास अधिकारी कटेृलको भनाइ छ ।

पुल निर्माणपछि नवलपरासीको त्रिवेणीधामदेखि चितवनस्थित वाल्मीकि आश्रम जान निकै सजिलो हुनेछ । हाल वाल्मीकि आश्रम जान एक मात्र विकल्प भारतीय भूमि प्रयोग गरी जानुुपर्ने बाध्यता रहेको छ । वाल्मीकि आश्रम धार्मिक दृष्टिकोणले नेपाली र विदेशी पर्यटकका लागि निकै महत्वपूर्ण स्थल मानिन्छ । रासस



प्रतिक्रिया दिनुहोस्