Logo

सर्वोच्चको आदेश परिवर्तन नचाहानेहरुलाई बल पुग्ने गरी आएको छ : प्रधानमन्त्री दाहाल



काठमाडौं, २२ बैशाख ।  संसदमा दर्ता भएको प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग अघि नबढाउन सर्वोच्च अदालतले शुक्रबार दिएको अन्तरिम आदेश परिवर्तन नचाहानेहरुलाई बल पुग्ने गरी आएको प्रधानमन्त्री पुष्पकमल दाहालले टिप्पणी गरेका छन् ।’

प्रधानमन्त्री प्रचण्डले सर्वोच्चको पछिल्लो आदेशप्रति पहिलो प्रतिकृया दिँदै परिवर्तन नचाहने शक्तिहरुले न्यायपालिकाको दुरुपयोग गर्न खोजेको समेत बताए ।उनले भने– ‘यसबारे औपचारिक जानकारी भएपछि पार्टीमा छलफल गर्ने छौँ ।’

सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्की बिरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव यथास्थितिमा राखी आजैबाट काम गर्न दिनका लागि अन्तरिम आदेश जारी गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्