Logo

रौतहटका दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश



बैशाख २२, काठमाडौं । रौतहट उद्योग वाणिज्य संघका अध्यक्षद कन्तमुनी जैसवाल र रौतहटका पूर्व गाबिस अध्यक्ष रामप्रवेश यादव लगायत रौतहटका दर्जनौं नेता नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।

नवआगन्तुक नेताहरुलाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमका बीच निजी निवास लाजिम्पाटमा स्वागत गर्नुभएको हो । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘हिमाल, पहाड र तराई–मधेशलाई एकतावद्ध गर्ने, संविधानको दायरा फराकिलो पारेर राष्ट्रिय एकता कायम गर्ने निरन्तर कोशिस गरिरहेको छु । यसमा सरकार सफल भएको छ, मधेशी मोर्चा र संघीय गठबन्धनमा आवद्ध दलहरुको पनि सहमतिमा संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ ।

संविधान संशोधन प्रस्ताव पारित हुन्छ र नयाँ राष्ट्रिय एकता हासिल हुन्छ । संविधान संशोधनपछि हाम्रो संविधान सबैका लागि स्वीकार्य संविधान हुनेछ ।’ इतिहासमै पहिलोपटक स्थानीय तहको निर्वाचन उत्साहवद्र्धक रुपमा सम्पन्न हुन लागेको प्रचण्डले बताउनु भयो । उहाँले भन्नुभयो, ‘निर्वाचन हुँदैन कि भन्ने आशंका र भ्रमहरु थिए ।

उम्मेदवारी दर्ता प्रक्रिया उत्साहवद्र्धक र शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । हामीले परिकल्पना गरेको सिंहदरबार गाउँ नगरमा आएको छ । हामीले दशौं हजारको बलिदानी गरेर जनताको घर दैलोमा अधिकार स्थापित गरेका छौं । देशलाई यो अवस्थामा ल्याउन पाउँदा मलाई गौरवको अनुभूति भएको छ ।’

दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेशलाई मधेशमा माओवादी पार्टी थप शक्तिशाली भएको बताउनु भयो । कार्यक्रममा पूर्व मन्त्रीहरु गीरिराजमणि पोखरेल, प्रभू शाह लगायतका नेताहरु उपस्थित हुनुहुन्थ्यो । पार्टी प्रवेश गर्ने नेताहरुलाई प्रचण्डले माला लगाएर स्वागत गर्नुभएको थियो ।

लिन होइन, दिन माओवादीमा आएका हौं, ‘जैसवालरयादव’

२२ बैशाख । माओवादी केन्द्रमा प्रवेश गर्दै रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष कन्तमुनी जैसवाल र पूर्व गाबिस अध्यक्ष राम प्रवेश यादवले आफूहरु केही लिन नभई देशको हितका लागि माओवादी केन्द्रमा प्रवेश गरेको बताउनु भयो ।

माओवादी केन्द्र प्रवेश गर्दै अध्यक्ष जैसवालले भन्नुभयो, ‘म दोस्रोपटक रौतहट उद्योग वाणिज्य संघको अध्यक्षको जिम्मेवारीमा छु । मेरो विचारमा हिमाल, पहाड र मधेश मिलाउने र देश बचाउने पार्टी माओवादी केन्द्र मात्रै हो । म कुनै स्वार्थ बोकेर माओवादीमा आएको छैन । पार्टीको विधानभित्र रहेर माओवादीको हाइट बढाउन क्रियाशील हुनेछु ।’

कार्यक्रममा पूर्व गाबिस अध्यक्ष रामप्रवेश यादवले भन्नुभयो, ‘गीरिजाप्रसादको निधनपछि देशको एक मात्रै सक्षम नेता प्रचण्डजी नै हो । मधेशप्रति माओवादी पार्टी धेरै संवेदनशील र जिम्मेवार रहेको पाएँ । हाम्रा लागि मधेश, रोल्पा, रुकुम वा हुम्लाको पीडा र समस्या एउटै हो । हिमाल, पहाड, मधेश सबैंको भावना प्रचण्डले बुझ्नुभएको छ । त्यसैले केही लिनका लागि होइन, देश र माओवादी पार्टीको हितमा केही गर्ने सोंच बोकेर माओवादीमा आएको छु । पार्टी प्रवेशमा मेरो कुनै स्वार्थ छैन ।’

माओवादी केन्द्र प्रवेश गर्ने नेताहरुको नामावलीः

१। कन्तमुनी जयसवाल, अध्यक्ष, रौतहट उद्योग वाणिज्य संघ
२। रामप्रवेश यादव, पूर्व गाबिस अध्यक्ष
३। सत्यनारायण सहनी, नेपाली कांग्रेस परित्याग
४। सुखियादेवी सहनी
५। भूपनारायण सहनी
६। विजय जयसवाल
७। गीता जैसवाल
८। शेख मिया
९। सेख खैरातुन
१०। गीता जैसवाल
११। सन्तोष जैसवाल
१२। सेख नौसाद आलम
१३। सलेशकुमार जैसवाल
१४। मुखिया जैसवाल
१५। प्रेमभक्त साह
१६। राजदेव साह
१७। रविकुमार जैसवाल
१८। सुरेश सहनी
१९। सत्यनारायण सहनी
२०। सुकदेव साह
२१। पनलाल प्रसाद यादव
२२। मौजेलाल राय यादव
२३। बद्री चौधरी
२४। ध्रुव साह
२५। पुनमकुमारी सिंह
२६। शंकर राय
२७। पप्पुदेव राय
२८। अवध सिंह
२९। राधा सहनी
३०। मोहित पोदार
३१। जगत सहनी
३२। शिबकुमार सहनी
३३। महेन्द्र सहनी



प्रतिक्रिया दिनुहोस्