Logo

साउथ एशिया स्याटलाईटको शुभारम्भ



काठमाडौं, २२ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साउथ एशिया स्याटलाईटको आज शुभारम्भ गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उक्त स्याटलाईटको शुभाराम्भ गर्दै प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा भारत सरकारलाई विशेष धन्यवाद समेत ज्ञापन गरेका थिए ।

साउथ एशिया स्याटलाईटको अवधारणा भने सन् २०१४ को नोभेम्बरमा काठमाडौंमा सम्पन्न भएको १८ औं सार्क शिखर सम्मेलनको क्रममा भारतका तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्तुत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्