Logo

संसदको विशेषाधिकार हनन भएको काँग्रेस–माओवादी केन्द्रको निश्कर्ष



काठमाडौं, २२ बैशाख । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निलम्बित प्रधानन्यायाधिश सुशिला कार्कीलाई आजैबाट काममा फर्कनु भनेर सर्वोच्च अदालतले आज (शुक्रबार) दिएको आदेशले संसदको विशेषाधिकारको हनन भएको निश्कर्ष निकालेका छन् ।

अदालतको यस्तो आदेश आएलगत्तै प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको सत्तारुढ दलको बैठकले यस्तो ठहर गर्दै त्यसलाई पुनर्विचार गर्न सर्वोच्चलाई आग्रह गर्ने निश्कर्ष निकालेको माओवादी केन्द्रका नेता रामनारायण बिडारीले जानकारी दिए ।

विडारीका अनुसार सर्वोच्च अदालतले संसदको विशेषाधिकार हनन गरेकाले यसलाई पुनर्विचार गर्न माग गरिने सत्तारुढ दलको निश्कर्ष रहेको छ ।



प्रतिक्रिया दिनुहोस्