Logo

प्रधानन्यायाधीश कार्की नियमित काममा फर्किईन्



काठमाडौं, २२ बैशाख । अदालतको आदेशलगत्तै प्रधानन्यायाधीश सुशीला कार्की नियमित काममा फर्केकी छन् ।

महाअभियोग प्रस्ताव स्थगन गर्दै प्रधानन्यायाधीशलाई काममा फर्कने सर्वोच्चको फैसलापछि कार्कीले साँझदेखि नियमित काममा फर्केकी हुन् ।  प्रधानन्यायाधीशले केही प्रशासनिक टिप्पणीमा सदर गर्ने र निर्णय गर्ने काम गर्नुभयो,’ सर्वोच्चका सहप्रवक्ता विश्वराज पौडेलले भने, ‘न्यायिक काम भने पर्सीदेखि गर्नुहुनेछ ।’ प्रधानन्यायाधीशविरुद्ध वैशाख १७ गते कांग्रेस र माओवादी केन्द्रका २४९ सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्