Logo

माओवादी केन्द्रका चार महिला निर्विरोध निर्वाचित



काठमाडौं २४ बैशाख ।
रुकुमका चार वडामा तीन जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । भने, एक जना महिला सदस्यकी उम्मेदवार पनि निर्विरोध चयन भइन् । बाँफिकोट गाउँपालिका ७ का नेकपा (माओवादी केन्द्र)को तर्फबाट उम्मेदवारी दिएकी पवित्रा कामी, आठविसकोट नगरपालिका ३ मा उम्मेदवारी दिएकी रुपा बिक र त्रिवेणी गाउँपालिका ९ मा उम्मेदवारी दिएकी सीता दमाई निर्विरोध निर्वाचित भएकी हुन् ।

त्यस्तै, नेपाली कांग्रेसको तर्फबाट बाँफिकोट गाउँपालिका १ को महिला सदस्यको लागि उम्मेदवारी दिएकी तुली गिरी महिला सदस्यमा निर्विरोध निर्वाचित भएकी हुन् । ३ जनाको उम्मेदवारी रद्ध भएको र १ जनाले उम्मेदवारी फिर्ता लिएपछि ४ जना महिला चुनावमा विना प्रतिस्पर्धा निर्वाचित भएका हुन् ।

त्रिवेणी गाउँपालिका वडा नम्बर ९ का लागि उम्मेदवारी दिएकी कांग्रेसकी दलित महिला सदस्यले आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिइन् भने बाँफिकोट १ को महिला सदस्यका लागि माओवादी केन्द्रकी उम्मेदवार र वडा नम्बर ७ को लागि कांग्रेसबाट उम्मेदवारी दिएकी उम्मेदवारको उम्मेदवारी रद्ध भएको थियो ।
नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्