Logo

अदालतको आदेशपछि सरकार संकटमा



काठमाडौं २४ बैशाख । संसदमा दर्ता भएको प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग अघि नबढाउन सर्वोच्च अदालतले आदेश दिएपछि सरकार संकटमा फसेको छ । आगामी कदमका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेसका सभापति शेरबहादुर देउवा आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री प्रचण्डले माओवादी स्थायी समितिको आकस्मिक बैठक बोलाएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाबीच प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको देउवाका स्वकिय सचिव भानु देउवाले जानकारी दिए। दुई नेताबीच जारी भेटमा सर्वोच्च अदालतले दिएको पछिल्लो अन्तरिम आदेशबारे छलफल भइरहेको स्रोतले जनाएको छ।

पेरिसडाँडामा बसेको बैठकले उनले अबको कदमका विषयमा राय मागेका थिए । उनले अन्तरिम आदेश परिवर्तन नचाहानेहरुलाई बल पुग्ने गरी आएको प्रधानमन्त्री पुष्पकमल दाहालले टिप्पणी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्