Logo

पशुपति आश्रमलाई रु ५० हजार चन्दा



काठमाडौँ, २३ वैशाख । नवलपरासी प्रगतिनगर क्षेत्रमा २० वर्षदेखि हालसम्म रिक्सा चलाउँदै गर्नुभएका ओमलाल सापकोटाले पशुपति वैदिक आश्रम ट्रस्ट, देवचुली–१५, प्रगतिनगरलाई रु ५० हजार चन्दा दिनुभएको छ ।

हाल परिवारसहित देवचुली–१४, भगवती टोलमा डेरामा बस्दै आउनुभएका सापकोटाले पिता स्व रविलाल र माता भानुकलीको स्मृतिमा सो चन्दा दिनुभएको ट्रस्टका उत्तराधिकारी धर्मराज बरालले जानकारी दिनुभयो ।

आध्यात्मिक क्षेत्रमा रुचि राख्न थालेपछि अहिले आफूले सुखी जीवन बिताइरहेको सापकोटाले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्