Logo

तीन हजार पाँच सय प्रहरी खटाइने



काठमाडौँ, २३ वैशाख । महानगरीय प्रहरी परिसर टेकुले काठमाडौँमा हुने स्थानीय तहको निर्वाचनका लागि तीन हजार पाँच सय प्रहरी परिचालन गर्ने भएको छ ।

यही वैशाख ३१ गते हुने निर्वाचनका लागि छ सय ८७ मतदान केन्द्रको निर्वाचनका लागि ती प्रहरी परिचालन गर्न लागिएको परिसरका प्रहरी वरिष्ठ उपरीक्षक छविलाल जोशीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँमा धेरै निर्वाचन केन्द्रका साथै संवेदनशील स्थान भएकाले उक्त सङ्ख्यामा प्रहरी परिचालन गर्न लागेका हौँ, यसका अलावा दुई हजार सात सय ५८ म्यादी प्रहरीसमेत परिचालन गछौँ ।”

नेपाल प्रहरीले काठमाडौँका मतदान केन्द्रमा न्यूनतम पाँच नेपाल प्रहरी र पाँच म्यादी प्रहरी राख्नाका साथै अधिकतम रुपमा आवश्यकता हेरेर वृद्धि गरिने जोशीले बताउनुभयो ।

काठमाडौँमा हाल कामपा, शङ्करापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बुढानीलकण्ठ, टोखा, तारकेश्वर, नागार्जुन, चन्द्रागिरि, कीर्तिपुर र दक्षिणकाली नगरपालिका छन् । रासस



प्रतिक्रिया दिनुहोस्