Logo

वेस्टह्याम युनाइटेडद्धारा टोटनह्याम हट्सपर पराजित



काठमाडौं, २३ बैशाख । इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरको उपाधि होडमा गम्भीर धक्का लागेको छ । शुक्रबार राति घरेलु मैदान ओलम्पिक स्टेडियममा वेस्टह्याम युनाइटेडले दोस्रो स्थानको टोटनह्याम हट्सपर एक गोलले पराजित गरेको हो ।

वेस्टह्यामका लागि दोस्रो हाफको ६५ औं मिनेटमा लेन्जिनीले गरेको गोल नै निर्णायक बन्यो । पराजित भएसँगै टोटनह्यामको ३५ खेलबाट ७७ अंक मात्र भएको छ ।एक खेल कम खेलेको चेल्सी ८१ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ ।

त्यस्तै ६९ अंकको लिभरपुल तेस्रो स्थानमा छ । ४२ अंकका साथ ९ औं स्थानमा रहेर शीर्ष ६ मा अट्ने सम्भावना गुमाएको वेष्टह्यामले रेलिगेशनको सम्भावना भने लगभग टारेको छ । एजेन्सीको सहयोगमा

 



प्रतिक्रिया दिनुहोस्