Logo

उपाधि होडमा रहेको बार्सिलोनाले आज भिल्ला रियलसँग खेल्ने



काठमाडौं, २३ बैशाख । स्पेनिस लिग ला लिगा फुटबलमा आज शीर्ष स्थानको बार्सिलोनाले भिया रियलसँग खेल्दै छ ।

नेपाली समय अनुसार राति सवा १० बजे बार्सिलोनाको मैदानमा खेल शुरु हुने छ । ला लिगामा दोस्रो स्थानको रियल मड्रिडले आज ग्रानाडासँग खेल्ने छ ।
अंक तालिकामा शीर्ष स्थानको बार्सिलोनाको ३५ खेलबाट ८१ अंक छ । समान अंक भएको दोस्रो स्थानको रियल मड्रिडले १ खेल कम खेलेको छ ।

उपाधी भिडन्त निकै रोमान्चक बन्दै गइरहँदा दुबै टोली जित्नैपर्ने अवस्थामा छन् । ला–लिगाअन्तर्गत आजै हुने अर्को खेलमा एथ्लेटिको मड्रिड र आइबार भिड्दै छन् । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्