Logo

ओप्पोको नयाँ ह्याण्डसेट एफथ्री सार्वजनिक



काठमाडौँ, २३ वैशाख । चिनियाँ स्मार्टफोन कम्पनी ओप्पोले नयाँ ह्याण्डसेट एफथ्री सार्वजनिक गर्दैछ।

कम्पनीले नयाँ स्मार्टफोन भारतमा सार्वजनिक गर्ने तयारी गरेको हो। ओप्पो एफथ्री प्लस मार्चमा सार्वजनिक भएको थियो। यो फोनको मुख्य विशेषता भनेको डुबल सेल्फी क्यामेरा हो।

कम्पनीले स्मार्टफोन सार्वजनिक बाहुबली फिल्मसँगको पार्टनरशिपमा गर्दैछ।  यो फोनमा ५.५ इन्चको फूल एचडी डिस्प्ले हुनेछ। फोनको स्त्रि्कनलाई सुरक्षित राख्न कर्निङ गोरिल्ला ग्लास ५ को प्रयोग गरिएको छ। डिजाइनमा यो फोन एफथ्री प्लससँग मिल्दोजुल्दो छ। यसको मूल्य भारतमा २६ हजार भारुको आसपासमा हुने अनुमान गरिएको छ।

मिडियाटेक अक्टाकोर प्रोसेसर जडान गरिएको यो फोनमा ४ जीबीको र्‍याम र ६४ जीबीको इन्टरनल स्टोरेज छ जसलाई १२८ जीबीसम्म पुर्‍याउन सकिन्छ। फोरजी नेटवर्क सपोर्ट गर्ने यो फोनमा ३२०० एमएएचको ब्याट्री जडान गरिएको छ।  एजेन्सी



प्रतिक्रिया दिनुहोस्