Logo

अदालतको आदेशपछि मन्त्रीहरुलाई नबोल्न प्रधानमन्त्री प्रचण्डको निर्देशन



काठमाडौं, २३ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई सार्वजनिक कार्यक्रममा नबोल्न निर्देशन दिएका छन् ।

शुक्रबार सर्वोच्च अदालतले प्रधानन्यायाधिश सुशिला कार्कीलाई काममा फर्कने आदेश दिएलगत्तै राजनीतिमा अर्को तरँग पैदा भएको छ । प्रधानमन्त्री दाहालले सर्वोच्चको आदेश आएको भोलिपल्ट अर्थात आज माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई बोलाएर नै सार्वजनिक कार्यक्रममा नबोल्न निर्देशन दिएका छन् ।

शनिबार विहान पत्रकार ऋषि धमलाले क्लबको साक्षात्कारको लागि कानूनमन्त्री अजयशंकर नायकलाई बोलाउँदा मन्त्री नायकले प्रधानमन्त्रीले आफूहरुलाई सार्वजनिक कार्यक्रममा बोल्न नजान निर्देशन दिएको जानकारी दिए ।

उनले भने,‘हामी मन्त्रीहरुलाई कुनैपनि कार्यक्रममा बोल्न नजानु भनेर प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको छ, त्यही भएर म आज कार्यक्रममा आउन सक्दिन् ।’



प्रतिक्रिया दिनुहोस्