Logo

आचारसंहिताविपरीत मोटरसाइकल ¥याली निकालेकामा स्पष्टीकरण



काठमाडौँ, २३ वैैशाख । निर्वाचन आयोगले ललितपुर महालक्ष्मी नगरपालिकामा सङ्घीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी नेपालले निर्वाचन आचारसंहिताविपरीत मोटरसाइकल ¥याली निकालेको जनाउँदै प्रमुखका उम्मेदवार जनक थापालाई २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न आदेश दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले अनुगमनको क्रममा सप्रमाण फेला पारी तत्काल ¥याली रोक्न निर्देशन दिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रमुखका उम्मेदवार थापाले प्रचारप्रसारका लागि वैशाख २३ गते दिनको १२ः३० बजे निर्वाचन आचारसंहिताविपरीत सात दोबाटा– कृष्णमन्दिर क्षेत्रमा मोटरसाइकल ¥याली निकालेको आयोगले जनाएको छ ।

स्पष्टीकरणमा भनिएको छ,– ‘‘निर्वाचन आचारसंहिता विपरीत काम कारबाही गरेको कसुरमा हदैसम्मको कारबाही किन नगर्ने ? कारबाही गर्नु नपर्ने कुनै कारण भए प्रस्तुत पत्र प्राप्त भएको मितिले चौबिस घन्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेस गर्नु हुन आदेशानुसार अनुरोध छ ।’’

“ निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद २ दफा ५ को ‘क’ को १३ मा ‘‘निर्वाचन प्रचारप्रसारको क्रममा मोटरसाइकललगायत मानिस वा मालसामान ढुवानी गर्न प्रयोग हुने साइकल, रिक्सा, टाँगा, एक्का तथा गोरुगाडाजस्ता सवारी साधनको ¥याली गर्न वा गराउन नहुने’’ उल्लेख छ ।

सेतोपाटीलाई पनि निर्देशन

यसैबीच, आयोगले निर्वाचन आचारसंहिताविपरीत सेतोपाटी डटकमले काठमाडौंँ महानगरपालिका मतदातालाई ‘हामीले सोध्यौँं तपार्इं कसलाई भोट हाल्नुहुन्छ ? किन ?’ भन्ने शीर्षकमा मत सर्वेक्षण तथा मतदाताको धारणा सङ्कलन गरेकोप्रति सख्त ध्यानाकर्षण भएको जनाएको छ ।

आम जनताले आफूले कसलाई मत दिने र किन दिने भन्ने विषय गोप्य राख्न पाउने कानुनी प्रावधानलाई बेवास्ता गरी नागरिक हकविपरीत सर्भेक्षण कार्य गर्न निर्वाचन आचारसंहिता प्रतिकूल हुने भएको हुँदा अब आइन्दा यस प्रकारका सूचना, सन्देश र सर्वेक्षण गरी सार्वजनिक नगर्न÷नगराउन आयोगले उक्त मिडियालाई निर्देशन दिएको छ ।

निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद २ दफा ४ को (त) मा उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतपरिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न नहुने उल्लेख छ । रासस



प्रतिक्रिया दिनुहोस्