Logo

ओली अपझर्ट बालुवाटारमा, प्रचण्डलाई भेटेर यस्तो चेतावनी दिए



काठमाडौं, २३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अपरझट प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री दाहाल र ओलीवीच करिब एक घण्टा गोप्य भलाकुसरी भएको थियो । भेटमा प्रधानन्यायाधीश सुशिला कार्कीविरुद्धको महाअभियोग, सर्वोच्च अदालतको अन्तरिम आदेश र संविधान संशोशन प्रस्ताव लगायतका पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।

निकै आक्रोश बोकेर बालुवाटार छिरेका ओलीले महाअभियोग प्रस्ताव भोलि नै फिर्ता लिन प्रधानमन्त्री दाहालसँग आग्रह गरेका थिए ।
सत्तारुढ दलहरुबाटै संविधानको धारा १०३ अनुसार न्यायाधीशलाई कारबाही गर्ने चर्चा आएको भन्दै ओलीले प्रचण्डलाई त्यतातिर जाने गल्ती नगर्नुहोस् भन्दै सचेत गराएका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले भने आफू सबैसँग छलफलमा रहेको बताएका छन् ।

सत्तारुढ दलले अदालतको पछिल्लो अन्तरिम आदेश संसदीय सर्वोच्चतालाई हनन गरेको आरोप लगाएका छन् । सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले नै प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग प्रस्ताव संसदमा अघि बढाउने र त्यसबाट ब्याक नहुने स्पष्ट पारिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्