Logo

संघीय गठवन्धनको अध्यक्षबाट यादव आउट



काठमाडौं, २३ बैशाख । संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका उपेन्द्र यादवलाई  संघीय गठवन्धनले गठवन्धनको अध्यक्षबाट हटाएको छ ।

राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई अध्यक्ष चयन गरिएको छ । मधेसी मोर्चासहितको गठवन्धनको शनिबार बसेको बैठकले यादवमाथि संविधान संशोधन नभई चुनावमा गएर जनतालाई धोका दिएको आरोप लगाएको छ ।

मधेसी थारु, जनजाति, सिल्पी, मुस्लिम समुदायको मुद्दाहरु विर्सजन गर्दै यादव आत्मसमर्पणको कित्तामा गएको भन्दै गठबन्धनले भनेको छ, ‘संविधान संशोधन विना जनतालाई धोका दिई स्थानीय तहको निर्वाचनमा सहभागी भएको हुँदा संघीय गठबन्धनबाट संयोजकको जिम्मेवारीबाट हाउने निर्णय गरिएको छ ।’



प्रतिक्रिया दिनुहोस्