Logo

प्रहरीले रोक्यो बालविवाह : जन्ती बीच बाटोबाटै फर्कियो



काठमाडौं २४ बैशाख ।
प्रहरीले हस्तक्षेप गरेपछि बालविवाह रोएिको  छ । कपिलवस्तु १२ सौराहाको अकरवरपुर गाउँमा बालविवाह हुन लागेको सूचनापछि पुगेको प्रहरीको टोलीले विवाह रोकेको हो ।

गाउँका लक्ष्मण यादवले १४ बर्षीया छोरी सञ्जु यादवको कृष्णनगर १२ हथियागढका युवासँग विवाह तय गरेका थिए । शुक्रबार दिउँसो प्रहरी पुग्दा विवाहको तयारी चल्दै थियो । बाविवाह गराएको आरोपमा बाबुलाई प्रहरीले नियन्त्रणमा लियो । आजको कान्तिपुरमा खबर  छ ।

यो कुरा बेहुलासहित जन्तीले थाहा पाएपछि बाटेबाटै उतै फर्किए र विवाह रद्द भयो । विवाह तयारी गरिरहेका छरछिमेक पनि प्रहरी देखेपछि भागेका थिए ।



प्रतिक्रिया दिनुहोस्