Logo

‘गच्छदार पनि ‘सरकारमा’ आज मन्त्रिपरिषद विस्तारको तयारी



काठमाडौं २४ बैशाख । माओवादी केन्द्रले नेतृत्व गरेको तथा नेपाली कांग्रेस सबैभन्दा ठूलो साझेदार रहेको सरकारमा अब फोरम लोकतान्त्रिक पनि सहभागी हुने भएको छ । विजयकुमार गच्छदार नेतृत्वमा आज सरकारमा जाने तयारी छ । राप्रपाका अध्यक्ष कमल थापाले राजीनामा दिएपछि उनको स्थान लिने गरि गच्छदार सरकारमा जान लागेका हुन । उनलाई संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयसहित तीनवटा मन्त्रालय दिने सहमति भएको छ । पर्यटक र श्रम मन्त्रालmय पनि दिने तयारी छ । अन्तिम निर्णय हुन बाँकी रहेको स्रोतले जनाएको छ । मधेसी मोर्चाले प्रचण्डको सरकारलाई दिएको समर्थन चैत १ गतेबाट फिर्ता लिने चेतावनी दिएका कारण, ‘सरकारले आफ्नो स्थानसमेतलाई गम्भीरताका साथ विश्लेषण गर्दै गच्छदारलाई सरकारमा ल्याउन लागेको हो ।

 



प्रतिक्रिया दिनुहोस्