Logo

९८ वर्षीय वरिष्ठ साहित्यकार शर्माको निधन



काठमाडौं २४ वैशाख। वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको आज बिहान ४ बजे कमलादीस्थित आफ्नै निवासमा निधन भएको छ ।

अल्जाइमरलगायत रोगबाट पीडित ९८ वर्षीय शर्मा नेपाली प्रगतिशील साहित्यिक क्षेत्रका अगुवा मानिन्छन् । प्रगतिशील लेखक संघका संस्थापक अध्यक्षसमेत हुन् । शर्मा राणा शासन विरोधी आन्दोलनका लागि सत्याग्रह आन्दोलनमा पनि सामेल भएका थिए ।

प्रगतिशील लेखक संघका अध्यक्ष मात्रिका पोखरेलका अनुसार शर्माको पार्थिव शरीरलाई बिहान १० देखि दिउँसो २ बजेसम्म नेपाल प्रज्ञाप्रतिष्ठानमा राखिने र ३ बजे पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिनेछ ।

विक्रम संंवत १९८६ मा जन्मिएका शर्माका बहिनीलाई चिठी ‘२००८’र ‘२०१२’ तँ, तिमी, तपाईं, हजुर ‘२०१४’ मेरो आमा ‘२०२३’ थुनुवाको डायरी ‘२०३८ चर्चित कृति हुन् ।



प्रतिक्रिया दिनुहोस्