Logo

म्यानचेष्टर सिटीको फराकिलो जित, क्रिष्टल प्यालेस ५–० ले पराजित



काठमाडौं, २४ बैशाख । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले शानदार जित हासिल गरेको छ ।शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले क्रिष्टल प्यालेसलाई ५–० को फराकिलो अन्तरले पराजित ग¥यो ।

घरेलु मैदानमा म्यानसिटीलाई जिताउन डेभिड सिल्भा, भिन्सेन्ट कोम्पानी, केभिन डे ब्रायन, राहिम स्टर्लिङ र निकोलस ओटामेन्डीले एकरएक गोल गरे । यो जितसँगै म्यानसिटी ३५ खेलबाट ६९ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । ३५ खेलबाटै ७७ अंकसहित टोटनह्याम हट्सपर दोस्रो स्थानमा छ । एक खेल कम खेलेको चेल्सी ८१ अंकसहित उपाधि नजिक पुगेको छ ।

प्रिमियर लिग अन्तर्गत राति भएको खेलमा हल सिटीलाई सण्डरल्याण्डले २–० ले हराएको छ । दोस्रो श्रेणीमा झरिसकेको सण्डरल्याण्डसँग पराजित भएपछि हल सिटी पनि रेलिगेशनको खतरामा पुगेको छ ।

राति एभर्टनलाई १(० ले हराउँदै स्वान्सी सिटी भने तालिकाको १७ औं स्थानमा उक्लिएको छ । उसको ३६ खेलबाट ३५ अंक भएको छ । समान खेलबाट हल सिटीको ३४ अंक छ ।

राति भएका अन्य खेलमा लेष्टर सिटीले वाट्फोर्डलाई ३–० ले हराउँदा बर्नमाउथ र स्टोक सिटी तथा बर्न्ले र वेष्ट ब्रोमले २÷२ गोलको बराबरी खेलेका छन् । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्