Logo

स्पानिस ला लिगामा बार्सिलोनाको शानदार जित, रियलमाथिको दबाब कायमै



काठमाडौं, २४ बैशाख । स्पानिस ला लिगा अन्तर्गत शनिबार राति भएका खेलमा शीर्ष स्थानको बार्सिलोना विजयी भएको छ । स्पानिस जायन्ट क्लब बार्सिलोनाले भिल्लारियललाई ४–१ को फराकिलो जित दर्ता गराएको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा एमएसएनले गोल गरे । बार्सिलोनाका लागि लियोनल मेस्सीले दुई तथा नेइमार र लुइस स्वारेजले एक एक गोल गरे । भिल्ला रियलका लागि बाकाम्बुले एक गोल फर्काए ।

२१ औं मिनेटमा नेइमारले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । ३२ औं मिनेटमा बाकाम्बुले भिल्लारियलका लागि बराबरी गोल फर्काए ।
४५ औं मिनेटमा मेस्सीले व्यक्तिगत पहिलो गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २–१ को अग्रता लियो ।

बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल र्गयो । ६९ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनाको अग्रता ३–१ मा र्पुयाए ।

८२ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ४–१ ले विजयी भयो । मेस्सीले यो सिजन सबै प्रतियोगितामा गरेर अहिलेसम्म ५१ गोल गरिसकेका छन् ।

जितपछि लिगका दुई खेल बाँकी हुँदा शीर्ष स्थानको बार्सिलोनाको ८४ अंक भएको छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको पनि ८४ अंक नै छ । उसले तीन खेल खेल्न बाँकी छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्