Logo

‘भरियाको भूगोल’माथि परिचर्चा



बागलुङ, २४ वैशाख । साहित्यकार दिनेश अधिकारीको काव्य कृति ‘भरियाको भूगाले’माथि यहाँ परिचर्चा गरिएको छ । नेपालयले प्रकाशनमा ल्याएको कृतिबारे कवि, लेखकलगायत प्राज्ञिक व्यक्तित्वले शनिबार विमर्श गर्नुभयो । बागलुङ जेसिसले संयोजन गरेको कार्यक्रममा कवि अधिकारीले आफ्ना केही रचनासमेत सुनाए ।

पाठकसँगको साक्षात्कारमा कवि अधिकारीले कृति नेपालको पहाडी जनजीवनको यथार्थ चित्रण रहेको बताए। “यो कृति विशेषगरी भरियाको जीवनगाथामा आधारित छ” कवि अधिकारीले भने“मानवतावादी चिन्तन र सामाजिक यथार्थ कृतिमा प्रतिविम्बित छ ।” उहाँले भरियाको दैनिकी, समस्या र मनोविज्ञानको समग्र वर्णन काव्यका गरिएको स्पष्ट पारे । कवि अधिकारीले कविता आफ्ना लागि स्वतन्त्र अभिव्यक्तिको उच्चतम आनन्दको विन्दु भएको बताए ।

कार्यक्रममा गायक एवम् सङ्गीतकार आभासले कुनै वाद या विचारभन्दा पनि माथि उठेर अधिकारीका रचनाले स्वतन्त्र अभिव्यक्ति दिएको बताए ।
‘दिनेश अधिकारीसँग एक घन्टा’ नाम दिइएको कार्यक्रमका सहभागीले अधिकारीसँग साहित्य लेखन सम्बन्धमा अन्तक्र्रिया गरेका थिए । केही यही वैशाख १५ गते सार्वजनिक भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्