Logo

महाअभियोग लगाउनु र सर्वोच्चको आदेश आउनु दुवै गलत हो : नेता नेपाल



काठमाडौं, २४ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले सर्वोच्च अदालतको पछिल्लो आदेश र न्यायाधीश सुशिला कार्कीविरुद्ध लगाईएको महाअभियोग दुवै गलत भएको टिप्पणी गरेका छन् ।

आईतबार व्यवस्थापिका–संसद परिसरमा पत्रकारहरुसँग कुरा गर्दै बरिष्ठ नेता नेपालले यस्तो टिप्पणी गरेका हुन् । उनले भने,‘महाअभियोग लगाउनेपनि दोषी छन्, र अदालतले यस्तो आदेश दिनु यो पनि गलत छ ।’

यद्धपी नेता नेपालले प्रधानन्यायाधीश कार्कीमाथि महाअभियोग लगाउनु पुरै गलत भएको आरोप लगाए । उनले भने,‘ सुशिला कार्की महाअभियोग लगाउने व्यक्ति नै होईन, यो पूर्णतः गलत हो ।’

त्यस्तै उनले आजको संसद बैठक जेठ ४ गतेसम्मको लागि स्थगित् गरिएकोमा यसबारेमा सत्तारुढ दलहरुले आफ्नो पार्टीसँग पनि छलफल गरेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्