Logo

महाभियोगको विषय संसदको विशेषाधिकारको भित्र पर्ने विषय हो : सभामुख घर्तीमगर



काठमाडौं, २४ बैशाख । व्यवस्थापिका–संसदकी सभामुख ओनसरी घर्तीमगरले मुलुक अत्यन्त गम्भीर अवस्थामा पुगेकाले अहिले सबैले धैर्य अपनाउनुपर्ने बताइन्।

आईतबार संसद भवनमा पत्रकार सम्मेलन गर्दै उनले राज्यका सबै अंगका आ–आफ्ना संवैधानिक सिमा भएकोले तीन वटै अंगले सिमाभित्र रहेर काम गर्नुपर्ने बताईन् । २४९ जना अर्थात एक चौथाई सांसदहरुको हस्ताक्षरसहित संवैधानिक विधि र प्रक्रिया पुरा गरेर महाअभियोग प्रस्ताव सदनमा दर्ता भएको बताउँदै उनले भनिन्,‘संसदको पनि आन्तरिक अधिकार छ, संसदको विशेष अधिकार भएकोले, संवैधानिक सिमाभित्र रहेर काम गर्नुपर्छ।’

उनले अघि थपिन्,‘मुलुक निर्वाचनमा गइसकेको छ, यस्तो अवस्थामा सबै कुरालाई सहमतिमा राखेर अगाडि बढ्नुपर्छ। त्यसैले संसद बैठक जेठ ४ गतेसम्म स्थगित गरेको हुँ, महाभियोगको विषय संसदको विशेषाधिकारको भित्र पर्ने विषय हो। राज्यले सबैको अधिकार छुट्टाएको छ।’



प्रतिक्रिया दिनुहोस्