Logo

सहरी विकासमा म सँग ३२ वर्ष लामो अनुभव छ : थापा



काठमाडौं, २४ बैशाख । रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेद्धवार किशोर थापाले आफ्नो अध्ययन र अनुभव नै सहरी विकास भएकोले काठमाडौंको विकासको लागि आफू उपर्युक्त व्यक्ति भएकोले उम्मेद्धवारी दिएको स्पष्ट पारे ।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘मेरो फिल्ड नै सहरी विकास हो, यही फिल्डमा मैले ३२ वर्ष लामो समयसम्म काम गरेको छु, नीतिगत तहमा रहेर काम गरेको छु, विभिन्न मन्त्रालयमा सचिव भएर काम गरेको छु।’

आफूले नेपालको राजनीतिलाई समेत नजिकबाट नियाँलेको बताउँदै नयाँ राजनीतिक विचारधारा बोकेर आएको पार्टी साझा पार्टीको तर्फबाट स्वतन्त्र हैसियतमा क्यामेरा चुनाव चिन्ह लिएर उम्मेद्धवारी दिएको स्पष्ट पारे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले आफू निर्वाचित भए काठमाडौंको सम्पदाहरुलाई पूर्नजीवन दिने, विकास गर्ने, आधुनिकिरण शहर निर्माण गर्ने योजना सुनाए ।

त्यस्तै उनले मेयरलाई हरेक दिन सराप्न नपरोस भन्दै उपर्युक्त व्यक्तिलाई मेयर बनाएर पठाउन काठमाडौंवासीहरुसँग आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्