Logo

तेस्रो लिङ्गीको हैसियतमा नागरिकता र पासपोर्ट लिने पहिलो मै हुँ : शाही



काठमाडौं, २४ बैशाख । कैलाली चुहा नगरपालिका वडा.न.२ निवासि मोनीका शाहीले ‘अन्य’को रुपमा नागरिकता र पासपोर्ट लिने दक्षिण एशियामा आफु पहिलो भएको दावि गरेकि छिन् ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर ९ लाख १४ हजार तेस्रो लिङ्गी मध्यमा नागरिकता र पासपोर्ट लिने आफु व्यक्ति पहिलो भएको जानकारि दिएकी हुन्।

कर्णबहादुर शाही र मनसरा शाहीको कोखबाट कान्छि सन्तानको रुपमा जन्मिएकी शाहीले तिन महिना पहिले आन्तरिक रुपमा डडेल्धुरा पर्शुराम नगरपालिका जोगबुढा निवासी रमेश नाथ योगीसँग विहे गरेको र रमेश जस्ता पुरुषहरु समाजमा नभेटिने दावि गरिन ।

उनले भनिन्‘आज मेरो लागि खुसिको दिन हो, हामीले आन्तरिक रुपमा तिन महिना पहिले विहे गरेका थियौँ, आज आएर समाजको नजर सामु विहे गरेका छौँ, हामी एक अर्कालाई अथाह माया र सम्मान गछौँ, हामी बीचको प्रेम अमर, अजर र नुमुना यूक्त बन्नेमा हामी विश्वस्त छाँै।’

समाजको छिछि र दुरदुर सहँदै बाँचिरहेका ९ लाख १४ हजार तेस्रो लिङ्गीको अवस्था नाजुक एवम दुःखद रहेको बताउदै गर्दा मोनिका भक्कानिएर रोएकी थिन् ।

शाहीले रुदै भनिन्,‘म आज खुसिका आँसु बगाईरहेकी छु, हामी खुसि छौँ, तर हामी मात्रै खुसि भएर हुँदैन, म जस्ता ९ लाख १४ हजार तेस्रो लिङ्गी दिदी बहिनीहरूले रमेश जी जस्तो शाहसी र महान पुरुषको साथ पाउनु पर्यो, अनि त्यो दिन मात्र हामी खुसि हुनेछौँ, हामी सक्षम र दक्ष छौँ, निलिमाकी यशिया डाईरेक्टर मनिशा ढकाल कहाँ गएर हामी सामाजिक रुपमा विहेबन्धनमा बाँधिन चाहन्छौँ भन्दा उहाँहरूले साथ दिनु भएन, सायद उहाँलाई लाग्यो होला, हाम्रो नमुना कार्यक्रमबाट आफु पछि पर्ने हुँ कि भन्ने लागेको जस्तो गर्नु भयो, हुन त उहाँसँग अहिलेसम्म न त नागरिकता छ, न त पासपोर्ट छ, हामीले गर्न खोजेको काम उहाँहरूका लागि मात्रै नविन नभएर दक्षिण यशियाकै लागि पहिलो हो ।’

उनले जन्मदिने आमाबाबुको हात र साथमा विहे गर्ने रहर सबैमा हुनेभन्दै आफुहरू घरपरिवारलाई त्यागेर समाजलाई नै आमाबाबा मानिरहेको बताईन ।
गहभरि आँसुका ढिका टिलपिल पार्दै शाहीले अघि थपिन,‘जन्मदिनु ठुलो कुरा होईन, जन्मदिने भन्दा कर्मदिने अविभावकको भूमिका महान हुन्छ, हाम्रा आमाबाबालाई त्यागेर हामी प्रेम बन्धनमा बाँधिएका छौँ, केवल पत्रकार ज्यूहरू तपाईहरू आज हाम्रा लागि आमाबाबा हुनुहुन्छ, आज हामीले तपाईलाई साछि राखेर विहे गरेका छौँ, हामी यो देशका नागरिक हौँ, हामी देश विकासमा समर्पित हुन चाहन्छौँ, तर राज्यले हामीलाई हेर्ने नजर परिवर्तन गर्न सक्नु पर्छ।’

त्यस्तै कार्यक्रममा अविभावकका रुपमा उपस्थित भएकी जनुका क्षेत्रीले तेस्रो लिङ्गी बीचको स्पोर्ट म्यारिज दक्षिण यशियाको लागि उदाहरणी भएकाले यस कार्यबाट समाजले केही सिक्नुपर्नेमा जोड दिएकी छिन्।

साहित्यकार समिपा शाहले तेस्रो लिङ्गीको जीवन र प्रेमको बारेमा थेसिस गरिरहेको बताउदै हेर्दा समाजले छिछि र दुरदुर गरेपनि भित्रि कथा अत्त्यन्तै दुखद रहेको बताईन ।

स्पोर्ट म्यारिज कार्यक्रममा बोल्दै साहित्यकार शाहले राज्यको चौथो अङ्गका रुपमा सम्मानित पेशाकर्मीले तेस्रो लिङ्का बारेमा सकारात्मक रुपमा कमल चलाउन आग्रह गरिन।



प्रतिक्रिया दिनुहोस्