चर्चित गुण्डा नाइके दीपक मनाङे ठमेलबाट पक्राउ


काठमाडौं २५ बैशाख । चर्चित गुण्डा नाइके दीपक मनाङे आइतबार साँझ ठमेल क्षेत्रबाट पक्राउ परेका छन् ।वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले तयार पारेको लिस्ट अनुसार मनाङ्गे पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मनाङ्गेसहितको केही युवालाई पक्राउ गरेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले जानकारी दिए ।मनाङ्गेलाई प्रहरीले ठमेल एरियामा बसिरहेको अवस्थामा पक्राउ गरेको हो । चुनावी सुरक्षालाई प्राथमिकतामा राखेर प्रहरीले पक्राउ गर्नेको लिस्ट नै तयार पारेको छ । अन्न्पूर्ण पोस्टमा खबर छ ।

Skip This

Omoda E5 Pro