Logo

विप्लव नेतृत्वको पार्टीका १५० पक्राउ



काठमाडौं २५ बैशाख । स्थानीय निर्वाचनलाई प्रभावित गर्न हिंसात्मक गतिविधि सुरु गरेपछि प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीविरुद्ध कारबाही सुरु गरेको छ ।

आइतबारसम्म एक सय ५० भन्दा धेरै सो पार्टीका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । उम्मेदवारको अपहरणदेखि आगजनी तथा आक्रमणसम्बन्धी घटना बढाएपछि प्रहरी पनि आक्रामक बनेको हो ।



प्रतिक्रिया दिनुहोस्