Logo

लिभरपुल र साउथह्याम्पटन गोलरहित बराबरीमा रोकिए



काठमाडौं, २५ बैशाख । इङ्लिश प्रिमियर लिग फुटबलमा लिभरपुललाई साउथह्याम्पटनले गोलरहित बराबरीमा रोकेको छ । खेलमा लिभरपुलले पेनाल्टी हान्ने अवसर पाए पनि जेम्स मिल्नरको प्रहारलाई साउथह्याम्पटनका गोलकिपर फ्रेजर फोष्टरले विफल पारिदिए ।

आइतबार रातिका खेलहरुपछि इङ्लिश प्रिमियर लिग फुटबलको अंक तालिकामा ३४ खेलबाट ८१ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ । एक खेल बढी खेलेको टोटनह्याम हट्सपर ७७ अंकसहित दोस्रो स्थानमा रहँदा २ खेल बढी खेलेको लिभरपुल ७० अंकको साथ तेस्रो स्थानमा रहेको छ ।

चौथो स्थानको म्यानचेस्टर सिटीको ६९ अंक छ भने ६५ अंकका साथ म्यानचेस्टर युनाईटेड पाँचौ स्थानमा छ । एक खेल कम खेलेको आर्सनल भने ६३ अंकको साथ छैटौं स्थानमा रहेको छ । प्रिमियर लिग फुटबलमा आज राती चेल्सीले मिडिल्सब्रोसँग खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम