Logo

यसरी बन्दैछन् देउवा प्रधानमन्त्री



काठमाडौं, २५ बैशाख । यही बैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको चुनाव लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समर्थनमा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बन्ने पक्का भएको छ ।

प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै सहमति अनुसार नै जेठको पहिलो साता काँग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने स्पष्ट पारे ।

सल्लाहकार खनालले स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि पनि अहिलेकै काँग्रेस–माओवादी केन्द्रको वर्तमान गठबन्धन नै कायम रहने विश्वास दिलाए ।

उनले भने, ‘जेठको पहिलो साता काँग्रेस सभापति देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ, काँग्रेस र माओवादीवीच भएको भद्र सहमति तोडिँदैन् ।’ उनले विगतमा सत्ता समीकरणहरु भद्र सहमतिका कारण तोडिएका थुप्रै उदाहरण भएकोले अहिले त्यस्तो फोहोरी प्रवृत्ति नदाहोरिने स्पष्ट पारे ।

उनले प्रचण्ड–देउवावीचको वर्तमान गठबन्धन नतोडिने स्पष्ट पार्दै भने, ‘हामीबीच भएको सहमति अनुसार स्थानीय तहको बैशाख ३१ गतेको पहिलो चरणको निर्वाचन लगत्तै देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ, ढुक्क भएहुन्छ।’ उनले बजेट र अर्को चुनावको तालमेल कसरी मिलाउने भन्नेबारेमा गम्भीर छलफल भैरहेकोले सहमति अनुसार नै यसमा निर्णय लिईने बताए । खनालले जेठ १५ गते नै बजेट ल्याउनेगरी सरकारले गृहकार्य थालेको समेत जनाए ।

उनले भने,‘मधेशलाई पनि विश्वासमा लिएर जानुपर्छ, यो पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि दुई वटा चुनावको मिति पनि चाँडै अब बन्ने सरकारले घोषणा गर्छ।’ उनले यही ०७४ माघ ७ गतेभित्रै तीन तहकै निर्वाचन गर्नुपर्ने भएकोले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने दाबी गरे । उनले भने,‘अब संसदको म्याद थपिँदैन्, माघ ७ गतेभित्रै तीन तहकै निर्वाचन सम्पन्न हुन्छ।’

खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै काँग्रेस सभापति शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्री बन्ने स्पष्ट पारेका छन् । उनले भने, ‘पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै जेठको पहिलो हप्ताभित्रै हाम्रो पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ, अहिलेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समर्थनमा देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ ।’

उनले मुलुकको परिवर्तन र अग्रगामी विकासमा काँग्रेस, माओवादी केन्द्र र मधेशवादी दलहरुको ठूलो योगदान रहेकोले आगामी दिनमा पनि तालमेल गरेर नै अघि बढ्नुपर्नेमा जोड दिए ।

काँग्रेस सभापति देउवाले अहिलेसम्म पनि कुने पद लोलुपता देखाएनन् । देउवा मुलुकको समस्या समााधानको लागि मधेशी मोर्चाहरुले अघि सारेमा जायज माँगहरुलाई सकेसम्म सम्बोधन गर्ने पक्षमा सुरुदेखि नै लागेका थिए । उनी संशोधन प्रस्तावको पक्षमा दृढ भएर उभिएका थिए । विधिको शासन स्थापित् गराउन देउवाले गम्भिर पहलकदमी लिए ।

स्थानीय तहको निर्वाचन हुने हो कि होईन भन्ने अन्यौलताहरु उत्पन्न भएको परिस्थितिमा पनि उनले निर्वाचनको पक्षमा दृढता प्रस्तुत गरे । यही बैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचन गराउन पनि धेरै पहल गरिरहेका छन् । देउवाको भूमिकालाई लिएर प्रायः सवै दलका शीर्ष नेताहरुले खुलेरै प्रशंसा गरेका छन् ।

राष्ट्रिय राजनीतिमा देउवाले मुलुकको समस्या समाधानको लागि र राजनीतिक स्थायित्व स्थापित् गराउनको लागि अभिवाकीय भूमिका निर्वाह गरेको शीर्ष नेताहरुले पत्रकार ऋषि धमलासँगको विभिन्न अन्र्तवार्ताहरुमा बताएका छन् ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवम् काँग्रेस–माओवादी गठबन्धन निर्माणका सुरुवाती अभियन्ता वर्षमान पुनले ऋषि धमलासँगको कुराकानीमा भने, “ढुक्क हुनोस, देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ, हामीबीच भएको भद्र सहमति तोडिँदैन् ।” उनले माओवादीले जस्तोसुकै परिस्थितिको सामना गर्नुपरेपनि देउवालाई समर्थन गर्ने अठोट व्यक्त गरे ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डका सल्लाहकार खनालले धमलासँग फेरि भने,“मुलुकको राजनीति यतिवेला संग्लिएको छ, ढुक्क हुनुहोस् देउवाजी दुई तिहाइृ भन्दा बढिको समर्थनमा प्रधानमन्त्री बन्नुहुन्छ।”

प्रधानन्यायाधीश सुशिला कार्कीविरुद्धको महाअभियोग प्रस्तावको सुरक्षित अवतरण भयो । नयाँ सहमति अनुसार सत्तारुढ दलहरुले महाअभियोग प्रस्तावबारे कुनै एक्सन नलिने र सुशिलाले पनि मुद्दा नहेर्ने पक्का भएको छ ।

देउवा कहिले प्रधानमन्त्री बन्छन् त ?

माओवादी  र काँग्रेसको सहमति अनुसार पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै प्रधानमन्त्री दाहालले राजिनामा दिने र त्यसपछि देउवालाई प्रधानमन्त्री बनाउने छ । यदि दोस्रो चरणको जेठ ३१ को निर्वाचन जेठको १२ गते भन्दा अघि नै गर्ने सहमति भए, देउवाले त्यतिजेलसम्म कुर्न सक्नेपनि संकेत देखाएको स्रोतले दाबी गरेको छ ।

होईन, भने पहिलो हप्तामै देउवा प्रधानमन्त्री बन्न ईच्छुक भएपनि प्रचण्ड छोड्न तयार छन्। देउवा सकेसम्म सर्वसम्मतमा प्रधानमनत्री बन्न चाहन्छन् । प्रमुख दलहरु मिलेर संविधान जारी गरेकोले अब मुलुकको स्थायत्वि, समृद्धि र विकासको लागि र संविधान कार्यान्वयनमा सबै दलहरु मिलेर जानुको विकल्प नभएको देउवाको ठम्याई छ । देउवामा सरलता छ । उनको व्युटि भनेको नै सबै पक्षलाई मिलाएर लैजाने हो ।



प्रतिक्रिया दिनुहोस्