Logo

‘बाहुबली’को टिभी सिरिज घोषणा



एजेन्सी, २५ मुम्बई । वलिउड चलचित्र बाहुबली द कनक्लूजनले कमाईको सबै रेकर्ड तोडिसकेको छ । ८ दिनमा ‘बाहुबली’ले ९ सय करोडमाथीको विजनेश गरेको छ । फिल्मको सक्सेसलाई देख्दै प्रोड्यूसर शोबू यरलागाले बाहुबलीको टिभी सिरिज ल्याउने घोषणा गरेका छन् । शोबूको खबरलाई आधार मान्ने हो भने फिल्मको दुई पार्ट्सलाई लिएर १० देखी १५ एपिसोडको टिभी सिरिज ल्याइनेछ । यो सिरिजको हिन्दीमा बनाइनेछ र पछि दोस्रो भाषामा पनि डब गरिनेछ । टिभीमा बाहुबली माथी टिभी सिरिज बन्न लागेपनि यसभन्दा पहिला नै यस्ता केही टिभी शोज छन्, जुन सक्सेसफुल फिल्ममाथी बेस्ड छन् ।

१। टिभी शो पेशवा बाजीराव रणवीर सिंह, दीपिका पादुकोण र प्रियंका चोपड़ा स्टारर फिल्म ुबाजीराव मस्तानीु माथी बेस्ड छ ।

२। ऋतिक रोशन र ऐश्वर्या राय बच्चन स्टारर जोधा अकबर माथी टिभी शो जोधा अकबर बनेको छ । यो टिभी सिरिज एकता कपूरले बनाएकी हुन्, जसले दुई बर्षसम्म दर्शकहरुको मन जितेको थियो ।

३। अजय देवगन, पूजा भट्ट र सोनाली बेन्द्रे स्टारर फिल्म ‘जख्स’को कन्सेप्टमाथी २०१६ मा ‘नामकरण’ सुरु भएको थियो । शोको कन्सेप्ट लिभइन रिलेशनशिपपछि भएको बच्चामा आधारित छ ।

४। टिभी शो ‘नागिन’ को कन्सेप्ट ऋषि कपूर र श्रीदेवीको फिल्म ‘नागिना’ माथी बेस्ड छ । शोमा लिड रोल मोनी रोय प्ले गरिरहेकी छिन् ।

५। आयुष्मान खुराना र भूमि पेडनेकर स्टारर फिल्म ‘दम लगा के हाइशा’ माथी गएको बर्ष ‘बढ़ो बहू’ सुरु भएको छ ।

६। टिभी ‘जमाई राजा’ अनिल कपूर, हेमा मालिनी र माधुरी दीक्षित स्टारर फिल्म जमाई राजा माथी बेस्ड छ ।

७। टिभी शो ‘परदेश में है मेरा’ शाहरुख खान र महिमा चौधरीको फिल्म ‘परदेश’बाट इन्स्पायर छ ।



प्रतिक्रिया दिनुहोस्