Logo

काठमाडौंलाई धुँवा र धुलोरहित शहर बनाउने जोशीको योजना



काठमाडौं, २५ बैशाख । काठमाडाैं महानगरपालिका नेपाली काँग्रेसकातर्फबाट मेयरका उम्मेद्वार राजुराज जोशीले धुँवा, धुलोरहित सहर निर्माण गर्ने प्रतिवद्धता जनाएका छन्।

काँग्रेसकातर्फबाट मेयरका उम्मेदवार जोशीले स्वच्छ, सफा, हराभरा, समृद्ध र सुन्दर सहर निर्माण गर्ने संकल्प पूरा गर्न आफूहरुलाई विजयी बनाउन पनि सबैमा अपिल गरेका छन्।

सोमबार आफूले तयार पारेको प्रतिवद्धता पत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलमा बोल्दै मेयरका उम्मेदवार जोशीले स्थानीय उपभोक्ता समितिलाई सक्रिय बनाएर ढल, खानेपानी, सडक बाटोको मर्मत, संहारको काम व्यवस्थित बनाउने प्रतिवद्धता जनाए।

काँग्रेसकातर्फबाट मेयरका उम्मेदवार जोशीले स्वच्छ, सफा, हराभरा, समृद्ध र सुन्दर सहर निर्माण गर्ने संकल्प पूरा गर्न आफूहरुलाई विजयी बनाउन पनि सबैमा अपिल गरेका छन्।

नेपाली काँग्रेसकी उपमेयरकी उम्मेदवार हरिप्रभा खड्गीले काठमाडौं महानगरपालिकालाई हराभरा सहरको रुपमा विकास गर्ने प्रतिवद्धता जनाइन्। उनले सम्पदाहरुको संरक्षण गर्ने प्रतिबद्धता जनाइन्।

काठमाडौं महानगरपालिकाका मेयर जोशी र उपमेयर खड्गीले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा विकासमा जनताको सहभागितालाई सुनिश्चित गर्ने, आधुनिक भौतिक पूर्वाधारको विकास गर्ने, वातावरण संरक्षणका लागि प्रदुषण नियन्त्रण गर्ने, पार्क तथा हरित क्षेत्र निर्माण गर्ने, फोहोरमैला व्यवस्थापन गर्ने, हाइटेक सिटी निर्माण गर्ने, महानगरबासीको जीवनस्तरमा वृद्धि गर्ने उल्लेख गरिएको छ।



प्रतिक्रिया दिनुहोस्