Logo

काँग्रेसले काठमाडौंमा सही मान्छेलाई मेयर र उपमेयरमा उठाएको सिंहको दाबी



काठमाडौं, २५ बैशाख । सत्तारुढ दल नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले माटो र जनतालाई राम्ररी बुझेका राजुराज जोशी र हरिप्रभा खड्गी (श्रेष्ठ) नै नेपाली काँग्रेसको मेयर र उप मेयरको उम्मेदवार सही भएको बताएका छन् ।

सोमबार बुद्धिजीवी तथा पेशाकर्मीहरु समाजले आयोजना गरेको नेपाली काँग्रेस पार्टीको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर र उपमेयर परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो दावी गरेका हुन् ।

कार्यक्रमलाई नेपाल प्राध्यापक संघका अध्यक्ष रामेश्वरप्रसाद फुँयाल, नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादर केसी लगायतले आफ्नो धारणा राखेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्