Logo

अहिले संविधान संशोधन गर्ने बेला होईन् : खनाल



काठमाडौं, २५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पहिलो संविधान संशोधन पनि राष्ट्रहित विपरित भएको दाबी गरेका छन् ।

सोमबार नेकपा एमाले प्रचार विभागले काठमाडौंमा आयोजना गरेको स्थानीय निर्वाचनसम्बन्धी सामाग्रीहरु ‘अडियो–भिडियो’ को विमोचन गर्दै नेता खनालले यस्तो बताएका हुन् ।

उनले पहिलो संशोधनमा पनि राष्ट्रिय हित विपरितका कुराहरु समावेश गरिएको र अहिले आएको संशोधन पनि देश र जनताको हित विपरित रहेको आरोप लगाए । उनले भने,‘अहिले आएको प्रस्ताव पनि देश र जनताको हित विपरित छ, त्यसैले यो व्यवस्थापिका–संसदले सरकारले अघि सारेको संशोधन प्रस्ताव पारित गर्न सक्दैन, किनकी अहिले प्रदेश सभा नै गठन भएको छैन, संघीय संसदको निर्वाचन नभएसम्म संविधान संशोधन हुँदैन, र हुन पनि सक्दैन् ।’

समृद्ध, समानता र सबल राष्ट्रको आधार गाउँदेखि केन्द्रसम्म एमालेको सरकार नाराका साथ स्थानीय निर्वाचनमा एमालले तयार गरेको भिडियो सार्वजनिक गर्दै खनालले पहिलो संविधान संशोधन गलत थियो, अहिलेको संविधान संशोधन प्रस्ताव संघीय संसद नआई कुनै पनि हालतमा नहुने दावी गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्